सुनको मुल्यमा भारी गिरावट

२०८१ जेष्ठ १०, बिहीबार

काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १८ सय रूपैयाँले घटेर १ लाख ३८ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १ हजार ८ सय ६५ रूपैयाँ कायम भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार