सगरमाथा आरोहणका क्रममा केन्याली नागरिकको मृत्यु

२०८१ जेष्ठ ११, शुक्रबार

काठमाडौँ : सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको को मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिनाअक्सिजन सगरमाथा आरोहणका क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो ।

बुधबार राति सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृत अवस्थामा भेटिएका थिए । मे १८ तारिखका दिन नेपाली गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ बिनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रो शिविरतर्फ गएका थिए । उनी २० मे का दिन तेस्रो शिविर पुगका थिए । २१ मेका दिन चौथो शिविर पुगेका उनीहरू २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए ।

आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे/नगरेको यकिन नभएको समेत विभागले जनाएको छ । बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन पथप्रदर्शक परिचालन गरी क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो ।

सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो । सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ । यही हप्ता सगरमाथा आरोहणका क्रममा अन्य तीन जनाको मृत्यु भएको छ । यसअघि एक जना रोमानियाली, एक जना बेलायती आरोही र एक नेपाली पथप्रदर्शकको आरोहणका क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार