काठमाडौँ : सहकारी ठगीको विषयमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षका शीर्ष नेताहरूको बैठकले शनिबार बस्ने कार्यदल बैठकमा आ–आफ्नो प्रस्ताव पेस गर्नेगरी बैठक सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । शुक्रबारको बैठकमा कार्यदलमा भएको प्रगतिबारे एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ब्रिफिङ गर्ने काम भएको पाण्डेले बताए ।





