बजेट जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने

२०८१ जेष्ठ १३, आईतवार

काठमाडौँ : नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुहुने जानकारी गराएका हुन्।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२:४५ बजेअघि नै संसद् भवनमा उपस्थित हुन सभामुख घिमिरेले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार