सिरोहियालाई तेस्रो पटक म्याद थप गर्न अदालत लैजाने प्रहरीको तयारी

२०८१ जेष्ठ १४, सोमबार

जनकपुर : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ ।

नागरिकता किर्ते सम्बन्धी कसुरमा सिरोहिया जेष्ठ ८ मा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई धनुषा जिल्ला अदालतले पहिलो र दोस्रो पटक ३/३ दिनको म्याद दिएको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत र्लैजाने प्रहरीको तयारी छ ।

‘सिरोहियाको स्वास्थ्य अवस्था बुझ्न लागेका छौं,’ धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले भने, ‘चिकित्सकले अदालत लैजाने सक्ने अवस्था छ/छैन् ? के भन्नुहुन्छ । त्यसपछि हेरौं के हुन्छ ।’ उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार