ध्यान दिनु होस् मुला खाइसकेपछि खान हुँदैन यी चार चिजहरु……

२०८१ जेष्ठ १४, सोमबार

काठमाडौं  : जाडो मौसममा मूला प्रशस्त मात्रामा पाइन्छ । जसकाे कारण धेरैकाे घरमा मुलाका परिकारहरू बन्ने गरेका हुन्छन् । मूला स्वादमा मात्रै हाेइन, स्वास्थ्यका हिसाबले पनि फाइदाजनक छ ।

खासगरी पत्थरीको समस्या भएका मानिसका लागि मूला खानु निकै फाइदाजनक मानिन्छ । मूलामा पोषक तत्व हुन्छ, जसले फंगल इन्फेक्सन, मधुमेहबाट समेत बचाउँछ। उच्च रक्तचाप, हृदय रोग र पेट सम्बन्धित समस्याहरू निको पार्न मद्दत गर्दछ। यति मात्र होइन, मूलाले तपाईको बोसो पनि घटाउँछ ।

यद्दपि, मूला सही ढंगबाट नखाएमा स्वास्थ्यका लागि असर गर्छ । मूला कसरी र कुन समयमा खाने ?

मूला खाने सही समय कुन हो ?

दिनको समयलाई मूला खान उपयुक्त समय मानिन्छ। मूलाले तपाईको पाचन क्रियालाई सुधार गर्छ ।

यसका साथै यसमा पाइने फाइबर पनि पच्ने गर्छ, जसले शरीरलाई कुनै हानि गर्दैन । यदि तपाईलाई एसिडिटी र पेट फुल्ने समस्या छ भने खाली पेटमा मूला खानुपर्छ ।

मूला खाइसकेपछि के नखाने ?

मूला खाएपछि दुध पिउनु हुँदैन । किनभने दुवै फरक प्रकृतिका छन् । यसले एसिड रिफ्लक्सको कारण तपाईको पेटमा अत्यधिक एसिडिटी हुन सक्छ।

मूला खाइसकेपछि सुन्तला पनि खानु हुँदैन किनभने यो दुवै शरीरका लागि धेरै हानिकारक हुन सक्छ। यसले पेटमा गम्भीर क्षति पुर्‍याउन सक्छ।

चिया र मुला पनि सँगै खानु हुँदैन । यसले तपाईको पाचन प्रणालीलाई बिगार्न सक्छ।

साथै, मूला खाएपछि दही खानु हुँदैन । यसले पेटसँग सम्बन्धित समस्या निम्त्याउन सक्छ।

मूला यसरी खानुपर्छ

मूला खाँदा कालो नुन र कागती मिसाएर खानुहोस् । मूलामा कालो नुन नहाल्नुस्, नुनमा कागती मिसाएर मूलासँग खानुस् । यसले तपाईको पाचन प्रणालीलाई स्वस्थ राख्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार