छानबिन समितिको टीओआर कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

२०८१ जेष्ठ १५, मंगलवार

काठमाडौँ : सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।

सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यकक्षमा पुुगेर कार्यदलका सदस्यले प्रतिवेदन बुझाएका हुन्। मंगलबार बसेको कार्यदलको बैठकले कार्यादेशमा ४ बुँदे सहमति गरेको छ।

कार्यादेशमा सहकारीमा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने उल्लेख गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार