आलु आयातमा लाग्ने भन्सार महसुल बढ्यो

२०८१ जेष्ठ १६, बुधबार

काठमाडौं : सरकारले आलुको भन्सार महसुल बढाएको छ। यसअघि आलुको आयातमा भन्सार बिन्दुमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको थियो।

यसपालिको बजेटबाट ५ प्रतिशतले बढाएर १५ पुर्‍याइएको छ। तर आलुमा लाग्ने गरेको भ्याट भने हटाइएको छ। चालु आर्थिक वर्षको बजेटबाट आलु, प्याज, स्याउमा भ्याट लगाउन सुरू गरिएको थियो। बजेटले भ्याट हटाएर भन्सार महसुल बढाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार