भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलहरुका पछिल्लो गतिविधिले प्रतिनिधि सभाको मध्यावधि निर्वाचन हुनसक्ने सम्भावना देखा परेको उनको भनाई थियो। बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहाल आफैंले सत्ता समिकरण बदल्दै हिँड्ने गरेको भन्दै आक्रोश व्यक्त गरे।





