यार्सा संकलनमा गएका युवकको हिउँमा चिप्लेर मृत्यु

२०८१ जेष्ठ १८, शुक्रबार

बझाङ : यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर युवकको मृत्यु भएको छ। सुर्मा गाउँपालिका-५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको आज बिहान करिब ७ बजे धौलढुंगामा भन्ने स्थानमा हिउँमा चिप्लेर मृत्यु भएको हो।

बुधबार श्रीमतीसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा बिहिवार बिहान ५ बजे धौलढुंगा पुगेका थिए। बिहान यार्सा संकलनका लागि हिँडेका बोहरा एक्कासि हिउँमा चिप्लिँदा घटनास्थलमै ज्यान गएको स्थानीयले बताए।

उनको शव घर ल्याइरहेको स्थानीयले बताए। घरमा दुई छोरा छिमेकीको भरमा छोडेर यार्सा संकलनका लागि निस्केका बोहरा दम्पतीले यो बर्जपात बेहोर्नुपरेको हो। बझाङमा अहिले यार्सा संकलनको सिजन चलिरहेकाले छोटो समयमै बढी आम्दानी गर्ने उद्देश्यले स्थानीयहरु लेकतिर चढ्ने गर्दछन्। लेकमा चढ्ने क्रममा धेरैले ज्यान गुमाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार