टेस्ट राष्ट्रलाई हराएर समर्थकलाई उपहार दिन्छाैं : रोहित पौडेल

२०८१ जेष्ठ १९, शनिबार

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताएका छन्।

शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताए। उनले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको जनाए। उनले राम्रो खेलेर समर्थकहरुलाई उपहार दिने उल्लेख गरे।

‘विश्वकपका लागि एकदमै एक्साइटेड छौँ। २५ दिनदेखि बाहिर नै छाैँ। विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ। अभ्यास गरिरहेका छाैँ। सबै जना साथमा हुनुहुन्छ। बेस्ट क्रिकेट खेलेर हामी खुशी दिनेछाैँ। नेपाललाई अमेरिकामा सपोर्ट छ। राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ। टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामीले हामी पनि सक्षम छाैँ भन्ने सन्देश दिनुपर्छ।’

जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा टि २० विश्वकप सुरु हुँदैछ। नेपालको खेल भने जुन ४ मा नेदरल्याण्डसँग रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार