मुगु : पाटनमा सिकिस्त विरामी भई मुगु गाउँतर्फ ल्याउँदै गरेका थप १ जना संकलकको मृत्यु भएको छ । शनिवार दिउँसो ठूलो कोइकी पाटनबाट मुगु गाउँतर्फ ल्याउँदै गरेका छायानाथ रारा नगरपालिका वडा १२ का राज बहादुर सावतको बाटोमै मृत्यु भएको हो ।
यसअघि लेख लागेका मुगु गाउँ पुर्याइएका सोही नगरपालिका सोही वडा शोभा गाउका वर्ष १९ का मन बहादुर बुढा र कम्फा गाउँका २१ वर्षिय शोभान बुढाको मृत्यु भएको थियो । राज बहादुर सावतको मृत्युसङ्गै यासा टिप्न गएर लेख लाग्दा मृत्यु हुनेको संख्या ३ पुगेको छ । तिनै जना छायानाथ रारा नगर पालिका वडा न १२ का स्थानिय युवा हुन् ।
राज बहादुर सावतको मृत्युबारे प्रहरीले सिकिस्त भएर बाटोमा ल्याउँदै गरेको बताएपनि कम्फा गाउाका स्थानिय गोर्ख नेपालीले सामाजिक सन्जाल फेसबुकमा मृत्यु भएको जानकारी दिएका छन् ।





