सर्लाही : सर्लाहीको मुर्तियामा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। बागमती नगरपालिका–३ का ६० वर्षीय रत्नबहादुर डिमडोङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी सर्लाहीकै बरहथवा नगरपालिका–९,पैँतालिसबिघास्थित हिमाल लामाको घरमा कोठा भाडा लिएर बस्दै आएका थिए। चापाकलको मोटर चलाएर नुहाउन खोज्दा करेन्ट लागेर डिमडोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





