कपिलवस्तुमा अत्यधिक गर्मीका कारण एक जनाको मृत्यु

२०८१ जेष्ठ २०, आईतवार

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमिमा अत्यधिक गर्मीको कारण एक जनाको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका १ कपासीमा गर्मीको कारण एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- ९ अर्घाका ५२ वर्षीय थानेश्वर परियार छन्।

गएको शुक्रबार दिउँसो बुद्धभूमिस्थित इमिलियामा आफ्नी छोरीलाई भेटेर घर फर्किंदै गर्दा उनको मृत्यु भएको हो। त्यो दिन कपिलवस्तुमा निकै गर्मी थियो।

मध्य दिउँसो रुखको छहारी मुनी उनको शव भेटिएपछि प्रहरीले उनको सनाखतको प्रयास गरेको थियो। मृतकको शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमार्टमपछि शनिबार आफन्तले बुझेर लगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार