कपिलवस्तु : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी फुटाउने मुख्य योजनाकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको आरोप लगाएका छन् ।
कपिलवस्तुको तौलिहवामा आइतबार आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्रीले बेइमानी गर्दै पार्टी फुटाइदिएको उनको दाबी थियो । जसपा नेपालबाट अलग्गिएर पार्टी खोलेका अशोक राईलाई उनले पैसा र पदको लोभी भएको बताए । राईको पार्टीमा २ प्रतिशतसमेत मान्छे नगएको उनको दाबकी थियो ।
प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत धोका दिइरहेको आरोप लगाउँदै उनले सरकारको आयु अब २/४ दिन मात्रै रहेको बताए । आगामी आर्थिक वर्षको बजेटमा कसैको सल्लाह सुझाब नसमेटिएको उनको जिकिर थियो ।
विकास नभई विनाशतर्फ धकेलिने, गरिबी बढ्ने, वैदेशिक ऋण बढ्ने र तस्करलाई फाइदा हुने खालको बजेट आएको उनले बताए ।





