नदीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

२०८१ जेष्ठ २१, सोमबार

सुर्खेत : भेरी नदीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ गुमीका १४ वर्षका सिद्धार्थ सिंहको आइतबार भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार साढे चार बजे भेरी नदीमा पौडी खेल्ने क्रममा हराएका सिंहको शव बेलुका छ बजेतिर फेला परेको थियो। पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामघाटबाट खटिएको प्रहरीले आफन्तको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो।

शवको पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार