काठमाडौं : भारतीय जनता पार्टीको तर्फबाट हिमाचल प्रदेशमा उम्मेदवारी दिएकी कंगना रनावतले अग्रता लिएकी छन्। बलिउडकी कलाकार समेत रहेकी उनले लोक सभा चुनावको प्रारम्भिक मतगणनामा कंग्रेस उम्मेदवार बिक्रम आदित्य सिंहलाई पछि पार्दै अग्रता लिएकी हुन्।
सिंह हिमाचल प्रदेशका पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका छोरा समेत हुन्। यहाँ यसअघि सन् २०१४ र २०१९मा भाजपाले नै जितेको थियो। त्यस्तै भाजपाकी स्मृती इरानी भने उत्तर प्रदेशको अमेथीमा पछि परेकी छन्।
सन् २०१९मा इरानीले राहुल गान्धीलाई ५५ हजार मतले पराजित गरेकी थिइन्। तर अहिले भने उनी कंग्रेसकै उम्मेदवारसँग पछि परेकी हुन्। प्रारम्भिक मत परिणाम अनुसार कंग्रेसका उम्मेदवार किशोर लालले १० हजार भन्दा बढी मतले अग्रता लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। यो ठाउँ कंग्रेस आइको पकड भएको मानिन्छ।





