मधेश प्रदेशसभामा मुख्यमन्त्रीसहित मन्त्रीहरु अनुपस्थित, १० मिनेटका लागि बैठक स्थगित

२०८१ जेष्ठ २३, बुधबार

जनकपुरधाम : मधेश प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज कुमार यादव र मन्त्रीहरु अनुपस्थित भएपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची प्रदेशसभा बैठकको छ । तर मुख्यमन्त्री र मन्त्रीहरु नै बैठकमा अनुपस्थित देखिए ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै नेपाली कांग्रेसका सांसद विरेन्द्र सिंहले सरकार उपस्थित नरहेकाले बैठक स्थगित गर्न माग गरेका थिए । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत नपाउने अबस्था देखेपछि विरामी परेको भन्दै अन्तिम समयमा कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका थिए । तर सभामुखले कार्यसूची नसारेपछि मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार