काठमाडौँ : कोटेश्वरमा बुधबार दिउँसो भएको आगलागीमा परेर दुई जना घाइते भएका छन्।
कोटेश्वरस्थित एक किराना पसलमा भएको आगलागीमा परी घाइते भएका दुईको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको महानगरीय वृत्त बानेश्वरका प्रहरी सहायक निरीक्षक नरविक्रम थापाले जानकारी दिए। घाइते हुनेमा धनुषा घर भएर कालीमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ छन्।
घाइतेको अवस्था सामान्य रहेको उनको भनाइ छ। आगो दमकल, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयको पहलमा करिब दुई घण्टा पछिमात्र नियन्त्रणमा आएको थियो।










