काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज १८ सय रूपैयाँले बढेर १ लाख ४४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार २५० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय २५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १८ सय ५० रूपैयाँ कायम भएको छ ।










