गौरको हार्डवेयर पसलमा आगलागी, लाखौँको क्षति

२०८१ जेष्ठ २६, शनिबार

रौतहट : रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागीबाट लाखौँ रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ। गौर-५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गए राति भएको आगलागी १५ लाखभन्दा बढीको सामान जलेर नष्ट भएको हो ।

महतो हार्डवेयर गोदाममा शुक्रवार राति पौने १२ बजे आगलागी हुँदा गोदाममा रहेको रङ्ग ,पेन्ट बनाउने मेसिन २ थान , ल्यापटप -२ थान, मोटर -१६ थान, सिपिभिसी फिटिङ्ग, पिभिसी फिटिङ्ग, पल्मबिङ्गका सामाग्री, सयौँ थान रङका बाल्टिन लगायतको सामान जलेर नष्ट भएको छ। हार्डवेयरको उक्त गोदामसँगै रहेको अर्को गोदाम, हार्डवेयर पसल र रामबाबु मोटरसाइकल वर्कसपमा समेत आंशिक क्षति पुगेको छ।

गौर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् सर्टसर्किट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले आगलागीबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको बताइन् । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार