वेस्ट इन्डिजद्वारा युगान्डासमक्ष १७४ रनको लक्ष्य प्रस्तुत

२०८१ जेष्ठ २७, आईतवार

काठमाडौँ : आईसीसि टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले युगान्डासमक्ष जितका लागि १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

समूह ‘सी’ अन्तर्गत भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै वेस्ट इन्डिजले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १७३ रन बनायो।

इन्डिजका लागि जोन्सन चाल्र्सले सर्वाधिक ४४ रन जोडे भने आन्द्रे रसेलले ३० रन बनाए। त्यस्तै रोवमन पवेलले २३ रन जोड्दा निकोलस पुरन र शेरफेन रुथपोर्डले समान २२/२२ रन जोडे।

यता युगान्डाका लागि कप्तान ब्रिएन मासाबले सर्वाधिक २ विकेट हात पार्दा दिनेश नकरानी, कोसमस केयुटा र अल्पेश रामजानीले समान १/१ विकेट हात पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार