काठमाडौँ : पछिल्ला दिनमा पानी पर्न छाडेपछि देशैभरको तापक्रम बढ्दै गएको छ। आइतबार उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस पुगेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन पानी पर्ने सम्भावना न्यून रहेकाले तापक्रम बढ्ने सम्भावना छ। विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आइतबार सबैभन्दा बढी तापक्रम धनगढीको मापन भएको छ। नेपालगन्जको तापक्रम ४२.६ डिग्री सेल्सियस पुगेको उनको भनाइ छ।
उनका अनुसार नेपालमा अबको केही दिनमै मनसुन प्रवेश गर्नेछ।





