झापाको शिवसताक्षीमा दुई छोरासहित आमा मृत फेला

२०८१ जेष्ठ ३२, शुक्रबार

झापा : झापाको शिवसताक्षीमा दुई बालकसहित आमा मृत अवस्थामा फेला परेको छ ।

शिवसताक्षी नगरपालिका-३ भोटेपुल निवासी सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा,उनका छोराहरू ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । महिला झुन्डिएको र छोराहरू कोठाभित्रै भुँइमा लडेको अवस्थामा फेला परेको एसपी केसीले बताए  । आफ्ना दुई छोरालाई विष खुवाइ हत्या गरेपछि महिलाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

चिकित्सक र प्रहरी टोली घटनास्थल गइरहेको जनाइएको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार