पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छ : सांसद सिंह

२०८१ जेष्ठ ३२, शुक्रबार

काठमाडौँ : स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका हुन्। जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको उनले बताए।

राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउनु नहुने पनि उनले बताए। ‘जो सरकारमा आएपनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने। त्यहाँ दुहुनो गाईजस्तै भएको छ की, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने। यस्तो नगरौँ,’ उनले भने, ‘राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ। राष्ट्रिय स्वार्थको बनाऔँ। जनस्वाथको बनाऔँ। राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ।’

सांसद सिंहले इन्टरनेटको पहुँच गाउँ गाउँमा पु¥याउनुपर्ने पनि उल्लेख गरे। तराईका पछाडी परेका समुदायसमक्ष सञ्चारको पहुँच सहज रुपमा पु¥याउनुपर्ने उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार