सिंहदरबार छिर्न अब कसैलाई चिन्नुपर्दैन : गृहमन्त्री

२०८१ जेष्ठ ३२, शुक्रबार

काठमाडौँ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेशमा अब कसैलाई चिन्नु नपर्ने बताएका छन् । मन्त्रालय सम्हालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले भने– ‘सिंहदरबार पहुँचवालाको लागि मात्र प्रवेश पाउने निकाय थियो तर, अब त्यो अवस्था अन्त्य भएको छ ।’

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ ।
सिंहदरबार प्रवेश गर्नुपर्ने काम र आफ्नो परिचयपत्र भएपछि कसैलाई चिन्नु नपर्ने मन्त्री लामिछानेले बताए । उनले भने– ‘आफ्नो मान्छे भएकाले मात्र प्रवेश पाउने व्यवस्था अन्त्य गर्न खोजेका हौँ, हर नागरिकका लागि सिंहदरबार खुला छ ।’

सिंहदरबार छिर्न पहुँचवालाको सिफारिस नचाहिने लामिछानेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार