रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका

२०८१ असार १, शनिबार

रौतहट :रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा शनिबार एक जना युवकको शव फेला परेको छ ।

गौरनगरपालिका–४ टिकुलिया बकैया खोलाको बाँध नजिकै स्थानिय शुभनारायण सहनीको छोरा २० वर्षीय रोहित सहनीको शव भेटिएको हो ।घरबाट शौच गर्न निस्किएका उनको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् । गिरीका अनुसार मृतक सहनीको शरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह देखिएको छैन । मृतकको साथबाट लागुऔषध गाँजा भरिएको चिलम जस्तो बस्तु बरामद भएको प्रहरीले जनाएको छ।

मृतक शहनिको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ । सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डिएसपी गिरीले बताएकी छन् । उता मृतकका दाजु सञ्जय सहनीले कसैले कुटपिट गरी रोहितको हत्या गरेको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार