बगेर बेपत्ता भएका दुई जनाको शव फेला

२०८१ असार २, आईतवार

काठमाडौँ : सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदिमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।

असार १ गते शनिबार नुहाउने क्रममा भूपेन्द्र के.सी. र विनोद के.सी. भेरी नदीमा बेपत्ता भएका उनीहरूको शव फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा १० जनाको गोताखोर टोली खटिएको थियो। सोही टोलीले आइतबार १२ः३५ बजे भूपेन्द्र के.सीको र १२ः४० बजे विनोद के.सीको शव ३० फिट गहिराईबाट निकालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार