मोटरसाइलकल दुर्घटनामा घाइते वडाध्यक्षको उपचारका क्रममा मृत्यु

२०८१ असार ७, शुक्रबार

काठमाडौं : दुर्घटनामा परी घाइते भएका उदयपुरको वेलका नगरपालिका-९ का वडाध्यक्ष ४४ वर्षीय पदम खड्काको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौंको नर्भिक अस्पतालमा वडाध्यक्ष खड्काको उपचारको क्रममा बिहीबार राति ११:५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। गत जेठ ३० गते मोटरसाइकल दुर्घटनामा परेका खड्कालाई सुरूमा उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान लगिएको थियो।

टाउकोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि जेठ ३१ गते हेलिकप्टरमा नर्भिक अस्पताल ल्याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार