
गोरखा : पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी)का अध्यक्ष डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अहिलेको सरकारले अगाडि बढाउन नचाहेको बताएका छन् । शनिबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा नै बूढीगण्डकी बनाउने चाहना नदेखिएको टिप्पणी गरे ।
‘मुख्य परियोजना बूढीगण्डकी परियोजना नै अलपत्र बन्दैछ’, भट्टराईले भने, ‘प्रधानमन्त्री प्रचण्ड नै कुनै न कुनै रुपमा नौ वर्षदेखि सत्तामा हुनुहुन्छ, चाहे आफ्नो नेतृत्वमा होस् वा अरुको नेतृत्वमा तर आयोजना पटक्कै अगाडि बढाएको देखिएन ।’