एनआईसी एशिया लघुवित्तका अध्यक्ष पौडेलले दिए राजीनामा

२०८१ असार ९, आईतवार

काठमाडौँ : एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुवर्ण पौडेलले पदबाट दिएको राजनीमा स्वीकृत भएको छ ।

कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पौडेलले गत असार ६ गतेबाट लागू हुने गरि दिएको राजीनामा स्वीकृत गरेको हो । उनले सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

२०८० माघ २ गते बसेको संचालक समितिको बैठकले सञ्चालक पदमा कार्यरत पौडेललाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार