८ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

२०८१ असार १०, सोमबार

 काठमाडौँ : न्याय सेवा आयोगले ८ जना जिल्ला न्यायाधीश सिफारिस गरेको छ।

आयोगले सूचना प्रकाशित गरी लिखित परीक्षा र अन्तरवार्ताबाट नियुक्तिको लागि ८ जनाको नाम सिफारिस गरिएको जनाएको छ।सिफारिस भएका जिल्ला न्यायाधीशमा कमलकान्त जोशी (खुला), नारायण सापकोटा (आन्तरिक खुला), वसन्तराज जोशी (खुल्ला), मनिराम ज्ञवाली (आन्तरिक खुला), अन्जनराज सापकोटा (आन्तरिक खुला) नीतिज राई (खुला) तिलक कार्की (आन्तरिक खुला) र चन्द्रमणि चापागाई (खुला) रहेका छन्।

आयोगले आन्तरिक खुला, खुला, महिला, आदिवासी जनजाति, मधेशी र अपाङ्गता भएको समूह अन्तर्गत ४३ पदका लागि विज्ञापन गरेको थियो। तर, आयोगले जेठ ३१ गते सार्वजनिक गरेको उक्त परीक्षाको नतिजामा ८ जना मात्रै उर्तिण हुन सफल भएका हुन्। उनीहरूको असार ६ र ७ गते  अन्तर्वार्ता भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार