
काठमाडौँ : जाजरकोटको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रूपमा उपसचिव उमाकान्त अधिकारीको सरुवा भएको छ ।
गृह मन्त्रालयले अधिकारीलाई आइतबार जाजरकोटको प्रजिअको रूपमा सरुवा गरेको हो । उनी यसअघि गृह मन्त्रालयमै कार्यरत थिए । अधिकारी माघ ३ बाट चैत ४ सम्म लमजुङको प्रमुख जिल्ला अधिकारी थिए ।