पाँचथर : पाँचथरमा इन्द्रावती खोलाले बगाउँदा भारत घर भएका एक मजदुरको मृत्यु भएको छ। याङवरक गाउँपालिका ३ ओयाममा निर्माणाधीन इङवा हाइड्रो पावर कम्पनीमा कार्यरत भारतीय नागरिक ४० वर्षीय बैकुण्ठ बिहारीको आइतबार नदीमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीले जानकारी दिए।
उनी हिँड्दै गर्दा खुट्टा चिप्लेर इन्द्रावती खोलामा खसेका प्रत्यक्षदर्शीले बताएका छन्। खोजतलासको क्रममा उनलाई ताप्लेजुङको सिदिङवा ३ स्थित इन्द्रावती खोलाको किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।