मकवानपुरमा जंगली च्याउ खाँदा घरमूलीको मृत्यु, ४ जनाको अवस्था गम्भीर

२०८१ असार १०, सोमबार

हेटौँडा : मकवानपुरमा जंगली च्याउको तरकारी पकाएर खाँदा घर मूलीको मृत्यु भएको छ। सँगै खाना खाएका एकै परिवारका अन्य चारजना गम्भीर बिरामी परेका छन्। राक्सिराङ गाउँपालिका- ७ दगुबाङका दलबहादुर प्रजा (चेपाङ) को जंगली च्याउको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शनिबार साँझको खानामा उनीहरुले जंगलबाट ल्याएको च्याउको तरकारी खाएका थिए। च्याउको तरकारी खाएका घरमुली ५५ वर्षीय दलबहादुरको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए।

‘दलबहादुरको अवस्था गम्भीर थियो। उनलाई आइतबार साँझ साढे ६ बजे भरतपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्,’ इन्सपेक्टर पण्डितले  भने, ‘एकै परिवारका चारजनाको अवस्था गम्भीर छ।’ राक्सिराङ-७ का वडाध्यक्ष रामबहादुर चेपाङका अनुसार गम्भीर अवस्थाका दलबहादुरलाई उपचारका लागि आइतबार साँझ मात्रै चितवनको भरतपुरतर्फ लगिएको थियो। अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।

सँगै खाना खाएकी दलबहादुरकी श्रीमती ४५ वर्षीया जालीमाया, छोरीहरु १५ वर्षीया रेञ्जु, ८ वर्षीया सिवना र १० वर्षीया छोरा सुशीलको अवस्था गम्भीर छ। उनीहरूको चितवनको भरतपुर अस्मापतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक पण्डितले उनीहरुकाे स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेकाे जानकारी दिए। उपचारमा ढिलाई गर्दा बलबहादुरको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार