मुख्य सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता हुनु निजामति क्षेत्रमा धब्बा: सांसद पन्त

२०८१ असार १०, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसका सांसद कमला पन्तले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै यसको नियन्त्रण गर्न राजनीतिक र प्रशासनिक दुवै तवरबाट लाग्नुपर्नेमा जोड दिएकी छिन्।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले यी दुवै पक्षबीच समझदारी र समन्वय नभई भ्रष्टाचार हुन नसक्ने जिकिर गरिन्। उनले यसका कारणहरु पत्ता लगाएर भ्रष्टाचार नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताइन्।

सांसद पन्तले मुख्यसचिव डा. अर्याललगायत विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको घटना दुःखद भएको जिकिर गर्दै यसले सम्पूर्ण निजामती क्षेत्रको शिर निहुरिएको उल्लेख गरिन्। उनले नीतिगत भ्रष्टाचारको समेत अनुसन्धान गर्ने, सुनुवाइ गर्ने र मुद्दा समेत चलाउन सक्ने अधिकार सम्पन्न विधेयकको आवश्यकता औँल्याइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार