अयोध्यामा दिएको शालिग्राम फिर्ता ल्याउनुपर्छ : बामदेव गौतम

२०८१ असार १०, सोमबार

काठमाडौं : राष्ट्रिय सभा सदस्य बामदेव गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम फिर्ता ल्याउनुपर्ने बताएका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकमा गौतमले हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भएकाले फिर्ता हुनुपर्ने बताएका हुन् ।सित्तै देशको सम्पत्ति अरूलाई दिन नहुने भन्दै उनले भने, ‘मैले शालिग्रामबाट हिरा बन्छ भनेँ । वैज्ञानिकसँग सम्पर्क गरेँ, बुझेँ । हिरा बन्ने २४ टन नेपाली सम्पत्ति बिनासित्तै भारतलाई बुझाउने काम भयो । त्यो नेपालले फिर्ता पाउनुपर्छ ।’

भारतको अयोध्यामा रामको मन्दिर निर्माणका क्रममा कालीगण्डकी नदीको शिला लगिएको थियो । मन्त्रिपरिषद्ले १८ र १६ मेट्रिक टन तौल भएको शिला पठाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार