काठमाडौं महानगरभित्र २ घण्टासम्म पार्किङ गर्दा शुल्क नलाग्ने

२०८१ असार १०, सोमबार

काठमाडौं : काठमाडौं महानगरभित्र २ घण्टासम्म पार्किङ गर्दा शुल्क नलाग्ने भएको छ।

प्रस्तावित आर्थिक ऐन अनुसार सबै प्रकारका सवारी साधन पहिलो दुई घण्टा शुल्क नलागने व्यवस्था गरेको हो। पहिलो दुई घण्टापछिको दुई पांग्रेका लागि पहिलो ३० मिनेट २५ र चारपांग्रेका लागि ५० रुपैयाँ तोकिएको छ। अपांगता भएका व्यक्तिको सवारी साधन शुल्क नलाग्ने प्रस्ताव गरेको छ।

यो व्यवस्था आगामी साउन १ गतेबाट लागू हुने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार