आँगनमा खेलिरहेका बेला चट्याङ लाग्दा १० वर्षीय बालकको मृत्यु

२०८१ असार ११, मंगलवार

काठमाडौँ : दाङको तुलसीपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेका १० वर्षीय सुवास बिकको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सोमबार साँझ घरको आँगनमा खेलिरहेका बेला परेको चट्याङ लाग्दा उनको मृत्यु भएको हो। गम्भीर अवस्थाका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याउँदा चिकित्कसले बालकको पहिल्यै मृत्यु भइसकेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार