![](https://hamrodes.com/wp-content/uploads/2024/06/pms.jpg)
काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह स्वदेश फर्किएका छन् ।
भारतको नयाँ दिल्लीमा उपचार गरेर नेता सिंह आज स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ । उपचारको लागि सिंह करिब एक महिना भारत बसेका थिए । केही दिनको आरामपछि उनी सक्रिय हुने उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी दिल्ली उपचारको लागि गएका थिए ।
भारतमा उनको शल्यक्रिया भएको थियो ।