नागरिकता विवादमा तानिए रथी अशोकराज सिग्देल

२०८१ असार १७, सोमबार

काठमाडौं : नेपाली सेनाको भाबी प्रधानसेनापतिका रूपमा हेरिएका रथी अशोकराज सिग्देलको नागरिकतामा जन्ममिति फरक परेपछि विवादमा तानिएका छन् ।

उनका दुईवटा नागरिकतामा जन्ममिति फरकफरक रहेको तथ्य सार्वजनिक भएपछि उनले अवकास पाउनुपर्ने जिकिर गर्दै उनलाई प्रधानसेनापति नियुक्त गर्न नहुने भन्दै राज्य व्यवस्था समितिदेखि संघीय संसद्सम्म आवाज उठेको छ । रथी सिग्देलले पेस गरेको नागरिकतामा २०२३ साउन २९ गते र गत जेठ ३ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट उनको नेपाली नागरिकताको प्रतिलिपि अभिलेख प्रमाणित गरिएको पत्रमा नागरिकता जारी मिति विसं २०४० साउन २९ र जन्ममिति १७ वर्ष प्रमाणित गरिएको छ ।

जन्ममिति विवादका कारण उनले उपरथीबाट नै एक वर्षअघि अवकाश पाउनुपर्ने व्यक्तिलाई प्रधानसेनापति बनाउन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न ठाउँमा समेत उजुरी परेको छ । सैनिक सेवा नियमावली २०६९ अनुसार उनले त्यति बेला नै अवकाश पाउनुपर्ने थियो । नेपाली सेनाको तीनमहले ढड्डामा पनि नागरिकताअनुसार उनको जन्ममिति विसं २०२३ साउन २९ गते रहेको उल्लेख गरिएको छ । तर, सिट रोल र शैक्षिक प्रमाणपत्र अनुसारचाहिँ जन्ममिति विसं २०२३ माघ १९ गते रहेको उल्लेख छ ।

त्यही नागरिकता र शैक्षिक प्रमाणपत्रमा भएको जन्ममिति विवादका कारण सेनाले आधिकारिक रेकर्डअनुसार नै नगई २०८० मंसिर २७ गते उनको रथी पदमा बढुवा भएको दाबी गरिएको छ । उनले अध्ययन गरेका स्कुल र क्याम्पसका ‘सक्कली कागजातमा सिग्देलको जन्म मिति २०२१ चैत १९ गते रहेको छ र पछि त्यसलाई सच्याएर २०२३ माघ १९ बनाइएको पनि अहिले विभिन्न ठाउँमा बाँडिएको उजुरीमा उल्लेख गरिएको छ ।

उनले २०४० साउन २९ गते रूपन्देही जिल्ला प्रशासन कार्यालयबाट १७ वर्षको उमेरमा नागरिकता लिएका थिए। तत्कालीन प्रमुख जिल्ला अधिकारी दानबहादुर शाहीले जारी गरेको उक्त नागरिकता हराएकाले उनले २०५८ जेठ ८ गते जाजरकोटबाट प्रतिलिपि नागरिकता लिएका थिए। दानबहादुर शाहीले रूपन्देहीबाट १७ वर्ष उमेर जनाएर दिएको नागरिकताको जारी मिति २०४० असोज ९ गते छ । तर, जाजरकोटबाट लिएको प्रतिलिपिको प्रमाणीकरणमा पनि जारी मिति २०४० साउन २९ गते उल्लेख गरेकाले त्यही मिति कायम हुने भएको छ । यसरी नागरिकता र सर्टिफिकेटमा जन्ममिति फरक–फरक देखिएको अवस्थामा के गर्ने भन्ने विषयमा पनि सैनिक सेवा नियमावलीले प्रस्ट व्याख्या गरेको छ ।

त्यसमा सैनिक व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्रमा जन्ममिति वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिबाट अवकाश दिइनेछ भनिएको छ । तर, रथी सिग्देलको बारेमा यो नियमावलीअनुसार गणना भएको पाइएको छैन र नियमावलीअनुसार गणना हुने हो भने पनि उनले उमेरहदका कारण अवकाश पाइसक्नुपर्ने दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार