काठमाडौँ : सत्ता समीकरण फेरबदलको चर्चा चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री नबन्ने बताएका छन्।
सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै ओलीले आफूलाई यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताए। प्रधानमन्त्री बन्ने चर्चा छ नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै ओलीले भने, ‘यसवर्ष त त्यस्तो लाग्दैन मलाई। यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन।’
ओलीले गत शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।





