
काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधिसभा सदस्य प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा समझदारी बनेको अवस्थामा काँग्रेस-एमालेको सहकार्य हुन सक्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाबाट बाहिरिने क्रममा नेता महतले केवल सत्तामा मात्रै आधारित नभइ मुद्दामा आधारित भएर कांग्रेस-एमालेबीचको गठबन्धन बन्ने सक्ने बताए । उनले भने, ‘हामी मुद्दामा आधारित हुनुपर्छ । सरकार परिवर्तन हुनुमात्रै महत्वपूर्ण कुरा होइन । यो सरकार दिगो हुनुपर्छ र दीर्घकालिन रुपमा काम गर्ने वातावरण हुनुपर्छ । अब सत्ताको लागि सत्ता होइन कि त्यसको दिगोपन, के–के मुद्दामा सहमति हुने ? निर्वाचन प्रणालीले स्थायित्वमा समस्या आयो भन्ने कुरा छ । यी सबै कुरामा समझदारी बन्यो भने अगाडि बढ्नसक्छ ।’
उनले यसबारे नेताहरुबीच कुराकानी हुनुलाई अस्वभाविकरुपमा लिन नहुने बताए ।