
काठमाडौँ : सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।
सचिव गणेश साहले बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ ।