सुनचाँदीको मूल्यमा वृद्धि

२०८१ असार १८, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय ९० रुपैयाँ कायम भएकोमा आज १५ रुपैयाँले बढेर प्रतितोला १८ सय ५ रुपैयाँ कायम भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार