पहिरोले पुरिएको भ्यानबाट चालकसहित तीन यात्रुको सकुशल उद्धार

२०८१ असार १९, बुधबार

म्याग्दी : बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले पुरिएको इको भ्यानबाट चालकसहित तीनजनाको सशुकल उद्धार गरिएको छ। मुस्ताङबाट तीनजना यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान माथिबाट खसेको लेदोले पुरिएको थियो।

मङ्गलवार साढे ८ बजेतिर भ्यान फसेपछि चालकसहित तीनजना यात्रुको तत्कालै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी निरिक्षक राजन रायमाझीले बताए। ‘तत्कालै उद्धार गरिएकाले मानवीय क्षती भएन, उक्त स्थान बर्खाको समयमा निकै जोखिम छ’ सूचना अधिकारी रायमाझीले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार