
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन निर्देशिका सार्वजनिक भएको छ । काठमाडौँको कमलादीमा जारी एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार निर्वाचन निर्देशिका सार्वजनिक भएको हो ।
पार्टीको अनुशासन र लेखापरीक्षण कमिटीले निर्वाचन निर्देशिका २०८१ तय गरिएको छ ।
महाधिवेशनमा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निष्कर्ष सुनाउने क्रम जारी छ । छलफलको निष्कर्ष सुनाएपछि हलबाट दस्ताबेज पारित गर्ने कार्यक्रम रहेको छ । त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुने सो पार्टीले जनाएको छ ।