ओलीले बोलाएपछि एमाले मन्त्रीहरू बालकोटमा

२०८१ असार १९, बुधबार

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई बालकोट बोलाएका छन् । सत्ता समीकरण फेरबदल भएपछि एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीलाई अध्यक्ष ओलीले बालकोट बोलाएको कृषिमन्त्री ज्वाला कुमारी साहले बताइन् ।

‘अध्यक्षज्यूले बालकोट बोलाए । किन बोलाउनु भएको केही थाहा छैन । त्यही पुगेपछि थाहा होला । अहिले हामी जाँदैछौँ’, मन्त्री साहले भनिन् ।

असार १७ गते राति नेपाली कांग्रेस र एमालेबिच सहमति भएपछि ओली प्रधानमन्त्री बन्ने तयारीमा छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने तर संसदमा विश्वासको मत लिने अडानमा छन् । मंगलबार बसेको एमालेको सचिवालय बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार