काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय २५ रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १८ सय ६५ रूपैयाँ कायम भएको छ ।