कोसी ब्यारेजका ४१ ढोका खोलिए

२०८१ असार २३, आईतवार

सुनसरी : सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ। अहिले बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ।

सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्।सप्तकोसी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोसी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार